Need Help ?
Call: +977- 096420135

जि. शि. अ.

बसन्त कुमार खत्री

नेपाल सरकारले अङ्गिकार गरेको शैक्षिक नीति तथा रणनीतिको आधारमा डडेल्धुरा जिल्ला विद्यालय क्षेत्र सुधार कार्यक्रमले निर्देश गरेका उद्देश्यहरु प्राप्त गर्न शैक्षिक योजना तयार गरि अगाडी बढिरहेको अवस्था छ । जिल्लाको चौतर्फी विकासका लागि शिक्षालाई प्रमुख माध्यमको रुपमा लिईएको छ । सबैका लागि शिक्षा र विकासको निम्ति शिक्षाको अवधारणाहरुलाई आत्मसात गरी शिक्षालाई राज्यको यथार्थतासंग गाँसेर स्रोत र साधनहरुको समुचित प्रयोगलाई ध्यानमा राखि बालवालिकाहरुलाई गुणस्तरयुक्त आधारभुत तथा प्राथमिक शिक्षामा पहुँचको अवसर सुनिश्चित गरी शिक्षालाई अधिकारको रुपमा स्थापित गर्ने, शैक्षिक कार्यक्रमहरुमा स्थानीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था तथा सरोकारवालाहरुको सक्रिय सहभागिता तथा साझेदारी गर्ने, लैंगिक असमानता हटाउने, लक्षितवर्ग (दलित, महिला, जनजाति, अपांग, आर्थिक दृष्टिकोणले पिछडिएको वर्ग ) का लागि शिक्षामा पहुँच बढाउन विशेष शैक्षिक कार्यक्रमको व्यवस्था, विद्यालयको व्यवस्थापन पक्षलाई सबल एवं सुदृढ पार्न, समुदायद्वारा व्यवस्थापन हुने विद्यालय संचालन कार्यक्रम, साक्षरता अभिवृद्धि तथा आयमुलक आदि कार्यक्रमहरु संचालन गरिएको छ ।  जिल्लाको शैक्षिक गुणस्तर अभिवृध्दि, शैक्षिक सुशासन कायम गर्ने कार्यमा  सम्पुर्ण सरोकारवालाहरुको भूमिकाको अपेक्षा गरिन्छ ।