जिल्ला शिक्षा अधिकारी
बसन्त कुमार खत्री(जिल्ला शिक्षा अधिकारी)
नेपाल सरकारले अङ्गिकार गरेको शैक्षिक नीति तथा रणनीतिको आधारमा डडेल्धुरा जिल्ला विद्यालय क्षेत्र सुधार कार्यक्रमले निर्देश गरेका उद्द
थप हेर्नुहोस
बसन्त कुमार खत्रीनेपाल सरकारले अङ्गिकार गरेको शैक्षिक नीति तथा रणनीतिको आधारमा डडेल्धुरा जिल्ला विद्यालय क्षेत्र सुधार कार्यक्रमले निर्देश गरेका उद्द
थप हेर्नुहोस
नामाकरण : प्राकृतिक सुन्दरता र घना वनजङ्गलको धनी हालको डडेल्धुरालाई यस पूर्व बागखोड, तल्लो खलङ्गा, मल्लो खलङ्गा, श्वार खलङ्गा भन्ने गरिन्थ्यो । एकथरी मतावलम्बीहरुको धारणा अनुसार डडाल्नु जस्तो धुरा भएको प्राकृतिक बनोटलाई कालान्तरमा डडेल्धुरा भन्न थालिएको भन्ने भनाई छ भने अर्काथरी मतावलम्बीहरुका अनुसार नेपाल एकीकरणको समयमा हाल सदरमुकाम रहेको डडेल्धुराको तल्लो खलङ्गाबाट अन्याय गर्नेहरुलाई दण्ड दिने प्रशासनिक काम हुन्थ्यो । त्यही दण्ड दिने ठाउँको आकार धुरा जस्तो भएकोले दण्डालधुरा भन्ने गर्दा गर्दै कालान्तरमा डडेल्धुरा भनिएको हो ।
क्षेत्रफल र अवस्थिति : नेपालको नक्सामा सुदूरपश्चिममा पर्ने डडेल्धुरा ८००१२' पूर्व देखि ८००४७' पूर्वी देशान्तर र २८०५९' उत्तर देखि २९०२६' उत्तरी अक्षांससम्म फैलिएको छ । यसको क्षेत्रफल १५३७ वर्ग किलोमीटर छ जुन समग्र नेपालको कुल क्षेत्रफलको १.०५% हो । यहाँको कूल क्षेत्रफलको ७५.८% वन क्षेत्रले ओगटेको छ भने १२.७% कृषि योग्य जमीन रहेको छ । डडेल्धुरा पूर
थप हेर्नुहोस